1 इतिहास 2
NCB1 इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून, 2 दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर थिए। 3 यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्टिमा दुष्ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।) 4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए। 5 पेरेसका छोराहरू: हेस्रोन र हामूल। 6 जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना। 7 कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए। 8 एतानका छोरा: अजर्याह। 9 हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब । 10 राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए। 11 नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए। 12 बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए। 13 यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ, 14 चौथो नथनिएल, पाँचौँ रद्दै, 15 छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए। 16 तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए। 17 अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए। 18 हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए। 19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। 20 हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए। 21 हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्। 22 सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे। 23 (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए। 24 कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए। 25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह। 26 यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्। 27 यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर। 28 ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर। 29 अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्। 30 नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे। 31 अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए। 32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे। 33 जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए। 34 शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो। 35 अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्। 36 अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए; 37 जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए; 38 ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए, 39 अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए, 40 एलासा सिस्मैका पिता थिए; सिस्मै शल्लूमका पिता थिए; 41 शल्लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए। 42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए। 43 हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा। 44 शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। 45 शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए। 46 कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए। 47 यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप। 48 कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्। 49 तिनले मदमन्नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्। 50 कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल। 51 बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप। 52 किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग, 53 अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्। 54 सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू, 55 अनि याबेसमा बस्ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।
