Menu

यहोशू 16

NCB

1 योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो। 2 त्यो बेथेल अर्थात्, लूजदेखि अगि बढेर अरकीहरू बसेका अतारोत प्रान्तसम्म पुगेको थियो। 3 त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो। 4 यसरी योसेफका सन्तानहरू एफ्राइम र मनश्शेले, तिनीहरूका उत्तराधिकारको भाग पाए। 5 एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो: पूर्वमा तिनीहरूको सिमाना अतारोत-अद्दारदेखि उक्लेर माथिल्‍लो बेथ-होरोन हुँदै, 6 महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो। 7 त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो। 8 तप्पूहबाट त्यो सिमाना पश्‍चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्‍त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो। 9 यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए। 10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate