Menu

भजनसंग्रह 123

NCB

1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु। 2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्। 3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ। 4 हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

Everything we make is available for free because of a generous community of supporters.

Donate