Menu

भजनसंग्रह 131

NCB

1 हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। 2 तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्‍त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु। 3 हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!

Everything we make is available for free because of a generous community of supporters.

Donate