Menu

भजनसंग्रह 133

NCB

1 परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु कति असल र आनन्दमय कुरा हुन्छ! 2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ। 3 त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate