Menu

भजनसंग्रह 14

NCB

1 मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन। 2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ। 3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन् ; असल गर्ने कोही छैन; एक जना पनि छैन। 4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्। 5 तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ। 6 तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ। 7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

Everything we make is available for free because of a generous community of supporters.

Donate