Menu

भजनसंग्रह 3

NCB

1 हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्! 2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला 3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ। 4 म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला 5 म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ। 6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। 7 हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्। 8 याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला

Everything we make is available for free because of a generous community of supporters.

Donate