Menu

भजनसंग्रह 82

NCB

1 परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ; “देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ। 2 कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्‍टहरूको पक्ष लिइरहन्छौ? सेला 3 दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर! 4 दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर! 5 “तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्। 6 “मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’ 7 तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।" 8 हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate