Menu

भजनसंग्रह 149

ULB

1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

2 इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।

3 तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।

4 किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।

5 विजयमा धर्मीहरू आनन्‍दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।

6 तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,

7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।

8 तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।

9 लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।

Everything we make is available for free because of a generous community of supporters.

Donate