Menu

भजनसंग्रह 127

NCB

1 यदि याहवेहले नै घर बनाउनुभएन भने, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। याहवेहले नै सहरको रक्षा गर्नुभएन भने, पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ। 2 बिहानै उठ्नु, र अबेरसम्म जागो रहनु, अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ— किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ। 3 छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्; गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्। 4 युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्। 5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate