Menu

भजनसंग्रह 128

NCB

1 याहवेहको भय मान्‍नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्। 2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्। 3 तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्। 4 हो, याहवेहको भय मान्‍ने जन यसरी नै आशिषित हुनेछ। 5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ। 6 तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्!

Everything we make is available for free because of a generous community of supporters.

Donate