Menu

भजनसंग्रह 23

NCB

1 याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन। 2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ। 3 उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ। 4 मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्। 5 तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ। 6 निश्‍चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु।

Everything we make is available for free because of a generous community of supporters.

Donate