Menu

उत्पत्ति 10

ULB

1 यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

2 गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

3 अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।

4 एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।

5 यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।

6 कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।

7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।

8 कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।

9 तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।”

10 तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए ।

11 तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,

12 र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।

13 मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही

14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।

15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,

16 यबूसी, एमोरी,

17 गिर्गाशी, हिव्वी, अरकी, सिनी,

18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।

20 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

22 एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

23 ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।

24 अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

25 एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

26 योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

27 हदोरम, ऊजाल, दिक्ला,

28 ओबाल, अबमाएल, शेबा,

29 ओपीर, हवीला योबाबका पिता बने ।

30 तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।

31 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate